Logo

समाचार

गायिका चौहानलाई अभद्र कमेन्ट गरेको आरोपमा एकजना पक्राउ



काठमाडाैं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन् । उनीविरूद्ध म्याद थप भइसकेको छैन । उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ ।

गायिका चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एक जना समातिएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १४:३६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।