Logo

अर्थ

दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा



काठमाडाैं । अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ ।

७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र रु. ६० लाख बराबरका भौचरहरूसहित यो अभियान असार २३ (जुलाई ७)देखि असार २७ (जुलाई ११)सम्म चल्ने दराज नेपालले जनाएको छ ।

सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।

यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ वटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् ।

मामा अर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ,फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु.७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।

७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सीमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार ११:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।