काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल धिताेपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो ।
संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो सेयरको अंकित मूल्य १ सय रुपैयाँ हुनेछ ।
निर्देशिका संशोधन भएसँगै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछन् ।
निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् ।




















प्रतिक्रिया