काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ को मङ्सिर अगाडि नै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार महामन्त्री थापाले स्थानीय तहको निर्वाचनको तयारी गर्नु पर्ने भएकाले पनि पार्टी महाधिवेशन २०८३ को मङ्सिर अगाडि नै गर्नुपर्ने बताए ।
२०८३ मङ्सिर भन्दा पछाडि महाधिवेशन गर्न संवैधानिक र कानुनी आधार समेत नहुने थापाको भनाइ छ । ‘८३ मङ्सिरसम्म पनि नपुर्याइकन सकेसम्म छिटो हामीले गर्यौँ भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ,’ थापाले भने ।
विगतमा महाअधिवेशन हुने कार्यतालिका निश्चित भएपछि क्रियाशीलको सदस्यताको पोको खोल्ने परम्परा रहेको भए पनि अहिले त्यो तोडेर विधान अनुसार काम गर्ने प्रक्रियाको थालनी गरिएको बताए ।
अहिले क्रियाशील सदस्यता नवीकरणको कार्य भइरहेकाले आफ्नो क्षेत्रको क्रियाशील सदस्यताको नवीकरणबारे जानकारी लिन नेताहरूलाई अनुरोध गरे ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री थापाले समुदाय, नवीकरणको अवस्था, मतदाता लगायतका आधारमा नयाँ सदस्यताको जिल्लागत प्रतिशत तोकिने जानकारी बैठकमा दिए ।




















प्रतिक्रिया