काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन् ।
मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे । ‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा । राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो । यो खोजी कार्य जारी गर्न पर्यो,’ शाहीले भने ।




















प्रतिक्रिया