Logo

समाचार

विवाहपञ्चमी महोत्सवको तयारी सुरु



जनकपुर । जकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाईने विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ ।

जानकी मन्दिरले प्रत्येक वर्षझैं यस वर्ष पनि विवाहपञ्चमी महोत्सवलाई भव्यता प्रदान गर्न तयारी सुरु गरेको छ । सो क्रममा (विहीबार) जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ ।

बैठक सम्पन्न भएपछि जानकारी दिँदै मन्दिरका छोटे महन्थ राम रोशन दासले विगतका वर्षहरु झैं ७ दिनसम्म विवाहपञ्चमी महोत्सवका कार्यक्रमहरु विधिवत सम्पन्न गर्ने जानकारी दिए । उनका अनुसार यस वर्ष मंसिर २३ गत्ते नगर दर्शनको कार्यक्रम हुने, मंसिर २४ गत्ते फूलवारी लिला कार्यक्रम हुने, मंसिर २५ गत्ते धनुष यक्रको कार्यक्रम हुने, मंसिर २६ गत्ते तिलकोत्सव कार्यक्रम, मंसिर २७ गत्ते मटकोर कार्यक्रम, मंसिर २८ गत्ते दिउँसो स्वयम्बर र बेलुका विवाह उत्सव र मंसिर २९ गत्ते रामकलेवा विधि हुनेछ ।

छोटे महन्थ दासका अनुसार प्रत्येक वर्ष हुने कार्यक्रमहरुको सम्पूर्ण व्यवस्थापन जानकी मन्दिरले गर्दै आएकोमा यस वर्ष केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले विवाहपञ्चमी महोत्सवलाई पहिलेको वर्षहरु भन्दा थप भव्य र व्यवस्थित बनाउन आवश्य पर्ने सम्पूर्ण बजेट केन्द्र सरकारले दिने प्रतिब्द्धता जाहेर गरेकाले सोही अनुसार आफूहरुले प्रपोजल तयार गरिरहेको बताए । उनले जनकपुर अयोध्या रेल सेवा सञ्चालन भएमा श्रद्धालुभक्तजनको संख्या अझः बढ्ने अपेक्षा गरिएको बताए ।

विवाहपञ्चमी महोत्सवमा प्रत्येक वर्ष लाखौं श्रद्धालुहरु नेपाल सहित भारतबाट जनकपुरधाम आउने गर्छन ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।