काठमाडौं । आज सेयर बजारमा सामान्य गिरावट भएको छ । नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३ को विन्दुमा कायम भएको छ ।
आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया