Logo

प्रमुख समाचार

पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु



 

तिनाउँ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिक मंगलबार गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती कल्पना चापागाई घाईते छिन् ।

 

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले बताए ।

दिउँसो ४ बजेतिर माथिबाट पहिरो खसेर मोटरसइकलका चालकलाई लागेको र चालक उछिट्टिएर तिनाउ खोला किनारमा पुगेको प्रहरीले जनाएको छ ।

 

घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको हो प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार २१:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।