Logo

प्रमुख समाचार

सांसद सोबिताको प्रश्न : भाषाको बुझाइमा समस्या हुँदा मेरो भनाइ हटाउनुपर्ने?



काठमाडौं । रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्‍याइन् ।

‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्,‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’

प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठूलो भएकाले सयौं एनजीको साइड इभेन्ट पनि रहेको बताइन् ।

‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठूलो कार्यक्रम हो । दशौं हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौं एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौं मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो,’ गौतमले भनिन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १४:०६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।