काठमाडौं । नेपालले अर्को महिना आयोजनासँग खेल्दै अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिजको सुरुवात गर्ने भएको छ ।
अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी)ले मंगलबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ ।
दोस्रो खेलमा नेपालले १६ अगस्टमा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ)मा बिहान हुनेछ ।
चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगट्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२(भदौ ६)मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।
नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । एनटीको आयोजनामा हुने सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल)का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् ।




















प्रतिक्रिया