Logo

गण्डकी प्रदेश

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध



बागलुङ । पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने जानकारी दिए ।

उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडकसमेत भासिएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार २०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।