Logo

खेलकुद

विश्वकप छनोट: नेपालको समूहमा कुवेत र जापान



काठमाडौं । टी–२० एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालकाे समूहमा कुवेत र जापान परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान एकै समूह बि मा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा युएई, मलेसिया र कतार तथा समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् ।

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । भने, सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यो छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ । कुल ९ टोली सहभागी प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ। आयोजना हुनेछ ।

 

 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १३:२५   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।