Logo

अर्थ

खानीखोला हाइड्रोपावरको सेयरमूल्य समायोजन



काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६४.५६ रुपैयाँ कायम भएको छ ।

समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२९।११ रुपैयाँ कायम थियो ।

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाईसकेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।

कम्पनीले अब प्रति सेयर रू १०० दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार ०७:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।