Logo

अर्थ

साउन १ देखि सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीबाट हुने



काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायको भुक्तानी विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न मन्त्रालयले जनाएको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन (साउन १) बाटै यो व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न भनेको हो ।

आव २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ । बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो । यससँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १२:०७   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।