Logo

समाचार

सिरहामा ट्र्याक्टरबाट ७२ किलो गाँजाजस्तो पदार्थ बरामद, चालक पक्राउ



सिरहा । सिरहामा ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर ५ गते राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ज १ त ८३११ नम्बरको ट्र्याक्टरलाई शंका लागेर प्रहरीले रोकेको थियो ।

चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स र टेलरमा फल्स बटम बनाई प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्लास्टिकसहित ३६ पोका उक्त पदार्थको तौल गर्दा ७२ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर चालक सिरहा नगरपालिका–१२ सारश्वर टोल निवासी अन्दाजी ३३ वर्षीय अनिलकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका महतो र बरामद पदार्थलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आईतवार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।