Logo

अर्थ

बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न समिति गठन, ओझाको कार्यशैलीप्रति असन्तुष्टि



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ओझाको कार्यशैलीमाथि प्रश्न उठाउँदै तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।

समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन् ।

सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार २१:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।