Logo

अर्थ

माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर प्रदान



काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका–७, कुमारीगाल स्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप हस्तान्तरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत असार ३१ गते उक्त सहयोग विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई सामग्री हस्तान्तरण गरे ।

विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साथै, उनले सामुदायिक शैक्षिक अवस्था प्रवद्र्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिँदै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।

माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १४:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।