Logo

प्रमुख समाचार

ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते



काठमाडौं । सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा करेन्ट लाग्दा तीन जना घाइते भएका थिए ।

घाइते भएकामध्ये ट्रकका सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

अन्य दुई जना २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् ।

उनीहरुको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १०:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।