Logo

गण्डकी प्रदेश

रातिदेखिको अबिरल वर्षाका कारण कास्कीमा बाढी र पहिरोले २ घरमा क्षति



पोखरा । शनिबार रातिदेखिको अबिरल वर्षाका कारण कास्कीका विभिन्न ठाउँमा घर बगाएको छ ।

पोखरा २० भलाममा सूर्य बास्तोलाको सातकोठे ब्लकको घर पहिरोमा पुरिएको छ ।

३ कोठा पूर्ण रूपमा पुरिँदा नगद, सिक्री र अरू सामान क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, पोखरा १३ काहुँखोला नहरको बहाव बढ्दा दिपा लामाको एकतले घरको २ कोठा बगाएको कास्की प्रहरीले जनाएको छ ।

घरका धनीहरू पहिले नै भागेका कारण मानवीय क्षति हुन नपाएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

कास्कीका सबै नदी र खोलाको बहाव बढेको छ । यात्रा गर्दा सचेत रहन प्रहरीको सुझाव छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०९:०६   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।