Logo

समाचार

प्रेमीको हत्या गरेकी जुलीको बयान: ‘म सँग दुई विकल्प मात्र थिए, कि आफू मर्ने कि मार्ने’



काठमाडौं । महोत्तरीका बिमलेश यादवको हत्या आरोपमा २१ वर्षीया जुली झा पक्राउ परेकी छन् । प्रहरीलाई दिएको बयानमा उनले बिमलेशले शारीरिक सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेल गर्दै आएको दाबी गरेकी छन् ।

‘आत्महत्या वा हत्या’को विकल्पमा आफूले हत्या रोजेको बताएकी जुलीले बिमलेशलाई गेष्टहाउसमा तरकारी काट्ने चक्कु प्रहार गरेको स्वीकार गरेकी छन् । गम्भीर घाइते बिमलेशको जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको सीसीटीभी फुटेज र अनुसन्धानका आधारमा प्रहरीले जुलीविरुद्ध कर्तव्य ज्यान अभियोगमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १६:०४   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।