Logo

प्रमुख समाचार

देशभर साधारणयता बदली भई यी स्थानमा वर्षा भइरहेको



काठमाडौं । हाल वाग्मतीसहित विभिन्न प्रदेशमा वर्षा भइरहेको छ । देशभर साधारणयता बदली भई कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घण्टामा परेको पानीको विवरण अनुसार, तनहुँको विमलनगरमा ५१.२ मी.मी र ताप्तलेजुङमा ४१.६ मी.मी वर्षा भएको छ ।

पछिल्लो एक घण्टामा तनहुँस्थित बन्दीपुर र विमलनगर वर्षामापन केन्द्रहरू तथा ताप्लेजुङस्थित दोभान र ताप्लेजुङ वर्षामापन केन्द्रहरूसहित आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १९:४५   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।