Logo

समाचार

भक्तपुरमा मृत फेला परेका दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइयो



काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

मृतकहरू मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३) चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनापछि बिहीबार राति ११ बजेतिर मृतकका आफन्त स्थलमा पुगेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दि ए।

पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ । मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १२:४४   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।