Logo

प्रमुख समाचार

बहादुरसिंह लामाले गुमाए संसदीय दलको हैसियत, पक्षमा १५ र विपक्षमा २२ मत



हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् ।

आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १३:३२   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।