काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ को विन्दुमा झरेको छ ।
आज १६ कम्पनीको सेयर मूल्यमात्रै बढेको छ भने २३३ कम्पनीको घटेको छ।
आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएकाे छ । यस कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँको सेयर काराेबार भएकाे छ । हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको काराेबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्यमा करिब १० प्रतिशतको बढोत्तरीका साथै सकारात्मक सर्किट लागेको हो ।




















प्रतिक्रिया