काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।
उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ’, सापकोटाले भने ।




















प्रतिक्रिया