Logo

कोशी प्रदेश

मोरङ चेम्बर अफ कमर्समा रिजाल निर्विरोध निर्वाचित



विराटनगर । मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशनबाट शिवप्रसाद रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो, जसमा सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा घनश्याम कवरा र तुलसीप्रसाद पोखरेल चयन भएका छन् । महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिबहादुर निरौला, कोषाध्यक्षमा मनोजकुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् ।

सदस्यहरूमा अञ्जलीदेवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सुरेशकुमार भट्टराई, सुवासप्रसाद रिजाल, चिरञ्जीवी पराजुली र सीतादेवी पराजुली रहेका छन् ।

निर्वाचित सबैलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले अविर र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार २१:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।