काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने विषयलाई लोकतन्त्र खोसियो भनेर भ्रम नफैल्याउन सचेत गराएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले प्रेस काउन्सिलबाट दर्ता हुँदै आएकामा अब जिल्ला प्रशासनबाट दर्ता हुने व्यवस्था हुँदैमा लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउन आग्रह गरे ।
“प्रेस काउन्सिलले दिँदै आएको अनलाइन दर्तासम्बन्धी काम सीडीओ कार्यालयबाट गर्ने भएको छ । कानुनले सीडीओ कार्यालयअन्तर्गत भनेपछि प्रेस काउन्सिलबाट हुने भएन । भएको त्यतिमात्रै हो । ऐन, विधेयक बनाउने सरकार हो,” उनले भने ।
उनले अगाडि थपे, “एक ठाउँको दर्ता अर्को ठाउँमा जानेबित्तिकै लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउनुस् । अहिलेको ऐनअनुसार त्यही व्यवस्था भएको छ, खुरुक्क त्यहीँ गएर दर्ता गर्ने के बिग्रिन्छ । कानुन सबैले मान्नुपर्छ ।”
मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको रहेको पनि स्पष्ट पारे । न्युज एजेन्सी नेपालबाट ।





















प्रतिक्रिया