हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभा बैठकमार्फत विश्वासको मत लिने भएका छन् । साउन २० गते एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका बानियाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार संसद् सचिवालयमा बैठक आह्वानको जानकारी गराएका हुन् ।
संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली नियम १४३(१) बमोजिम बानियाँले विश्वासको मत लिन लागेका हुन् ।
सभामुख भुवनकुमार पाठकका अनुसार संसद् बैठकको मिति टुंगो लागे पनि औपचारिक पत्र आउने प्रक्रिया रहेकाे बताए ।
बानियाँ कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले कांग्रेस नेता बहादुरसिंह लामालाई दलको नेताबाट पराजित गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।





















प्रतिक्रिया