काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
भेटका क्रममा उनीहरुले वीपीनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।
उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेर उनीहरूले यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेका थिए ।




















प्रतिक्रिया