काठमाडौं । काठमाडौंस्थित गौरीघाट क्षेत्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बुधबार साँझ गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ ११ गते, साँझ ६:०० बजे । काठमाडौं जिल्लास्थित गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया