Logo

प्रमुख समाचार

अब नेपालमा १८ देखि ३५ वर्षकालाई युवा भनिने



काठमाडौं । सरकारले नयाँ राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गरेसँगै अब १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई ‘युवा’ मानिने भएको छ । यसअघि १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्थ्यो ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतकाअनुसार बालबालिका ऐन र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नयाँ परिभाषा गरिएको हो ।

नवीन नीतिले युवालाई सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउने, रोजगार, उद्यमशीलता, प्रविधि, अनुसन्धान र नेतृत्व विकासमा जोड दिएको छ । साथै स्टार्टअप, व्यवसाय प्रवर्द्धन, करिअर काउन्सिलिङ, तालिम, बीमा र सहुलियतपूर्ण कर्जा लगायत कार्यक्रम ल्याइनेछ ।

नीतिले समुन्नत राष्ट्र निर्माणमा युवाको सक्रिय र नेतृत्वदायी भूमिका सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:१४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।