Logo

प्रमुख समाचार

रूपन्देही–३ उपनिर्वाचन: आकांक्षीलाई कारागार बोलाएर रविले भने- अहिले छुटेकालाई ०८४ मा समेट्छु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक नौ जना आकांक्षीहरूलाई नक्खु कारागारमै बोलाएर भेट गरेका छन् ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आइतबार क्रमशः सबै आकांक्षीसँग व्यक्तिगत रूपमा छलफल गरेका हुन् ।

लामिछानेले अहिले एकजनालाई उम्मेदवारी दिइए पनि आगामी प्रतिनिधिसभा निर्वाचन (०८४ साल)मा बाँकी सबैलाई अवसर दिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘नौजना मध्येबाट हामी एकजना चुनावमा जाँदैछौँ । उहाँलाई कतैबाट असहयोग नहोस्, अब त डेढ वर्ष त बाँकी छ तपाईंहरू नौजनालाई सेटल गर्न कहीँ कतै कुनै कसर बाँकी राख्नेछैन,’ भेटपछि लामिछानेको भनाइ उद्धृत गर्दै आकांक्षीमध्येका सुलभ खरेलले भने, ‘अलिकति पनि गुनासो गर्ने ठाउँ मैले दिइन भनेर उहाँ (रवि लामिछाने)ले भन्नुभयो ।’

रास्वपाले आजै सचिवालय बैठकमार्फत उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठित छनोट समितिले उम्मेदवार सिफारिस गरिसकेको छ, जसलाई सचिवालयले अनुमोदन मात्र गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १६:५६   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।