काठमाडाैं । संघीय निजामती सेवाको नायब सुब्बा (नासु) पदमा अब १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको सहमतिपछि यो व्यवस्था लागू हुन लागेको हो ।
यसअघि प्रतिनिधि सभाले पास गरेको विधेयकमा नासु पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान थियो । तर, राष्ट्रिय सभामा आएपछि उक्त व्यवस्था उल्टिएको हो ।
त्यस्तै, सहसचिव पदमा पनि १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निर्णय भएको छ ।




















प्रतिक्रिया