Logo

प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी मुद्दा अन्तिम चरणमा, कार्कीको इजलासमा सुनुवाइ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ हुँदैछ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठकाअनुसार मुद्दा अन्तिम चरणमा पुगेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाउने नाममा करोडौं ठगी गरेको आरोपमा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झालगायत प्रतिवादी छन् ।

२०७९ जेठ १८ मा ८१ पीडितले १३ करोड ठगीको उजुरी दिएका थिए । २०८० जेठ १० मा मुद्दा दायर भई, पछि थप पूरक अभियोगहरू दर्ता भएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १२:२८   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।