काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री मानवीर राई, परराष्ट्र मन्त्री आरजु राणा र प्रधान सेनापति अशोकराज सिग्देल सहभागी थिए ।
दुबै जहाज भदौ १४ गते नेपाल आइपुगेका थिए ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार स्काई ट्रक विपद व्यवस्थापनका लागि परिचालन गर्ने तयारी छ । त्यस्तै एयर एम्बुलेन्स सुत्केरी, विपदमा परेका घाइते, बिरामी लगायतलाई उद्धार गर्नका लागि गर्ने सेनाको तयारी छ ।
अमेरिकी सरकारले यसअघि सन् २०१९ मा पनि दुई वटा जहाज दिइसकेको छ। योसँगै नेपाली सेनासँग जहाजहरूको संख्या २० वटा छ ।




















प्रतिक्रिया