काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् ।
घाइते बालिकालाई उपचारपछि डिस्चार्ज गरिएको छ । गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मन्त्री सवार गाडी रोकिएको थिएन । स्थानीयको आक्रोशले सडक अवरुद्ध हुँदा नेकपा (एमाले)को विधान महाधिवेशन ढिला सुरु भयो । प्रधानमन्त्री ओलीले यसलाई ‘सामान्य दुर्घटना’ भनेका छन् ।




















प्रतिक्रिया