Logo

राजनीति

संविधानको निरन्तरताबारे ख्याल गर्न जेनजीलाई थापाकाे आग्रह



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने बताएका छन्।

थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। आज भिडियोमार्फत् आफ्ना धारणा सार्वजनिक गरेका थापाले त्यस्तो जोखिमको अवस्था आउन नदिन जेनजी पुस्तालाई अपिल गरेका हुन्।

‘मेरो एउटा अनुरोध छ, २०६२/६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौं। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो।,’ उनले भनेका छन्, ‘अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १२:२७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।