Logo

प्रमुख समाचार

दलहरूबाट मात्रै सरकार निर्माण सम्भव नभएको नियालिरहेका छौँ : विप्लव



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जेनजी’भित्रको आधारलाई छाडेर संसद्‌भित्रका दलहरूबाट मात्रै सरकार निर्माण सम्भव नभएको जिकिर गरेको छ ।

बिहीबार (भदौ २६) भिडियो सन्देश जारी गर्दै विप्लवले आवश्यकताको सिद्धान्तअनुसार आन्दोलनरत शक्तिसहित राजनीतिक शक्ति वा व्यक्तिको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, “जसले संविधानको आवश्यक संशोधन गरी शासकीय स्वरुप र व्यवस्थापिका परिवर्तन गर्नेछ र सोही अनुरुप नयाँ सरकारका निम्ति जननिर्वाचन गर्नेछ ।”

महासचिव विप्लवले नेकपाले सरकारको रिक्तता र निकासका लागि भइरहेका प्रयत्नलाई गहिरो गरी नियालिरहेको जनाएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २२:०२   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।