Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू हट्यो



काठमाडौँ । जेनजी आन्दोलनका कारण जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा हटाइएको छ।

नेपाली सेनाले भदौ २४ गतेदेखि नियमित रूपमा निषेधाज्ञा र कर्फ्युबारे सूचना सार्वजनिक गर्दै आएको थियो। तर आज भने सेनादेखि स्थानीय प्रशासनसम्म कुनै निकायले पनि नयाँ सूचना जारी नगरेकाले निषेधाज्ञा हटेको पुष्टि भएको हो।

यससँगै काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्यतर्फ फर्किन थालेको छ। यातायात, बजार र अन्य दैनिक गतिविधिहरू सञ्चालनमा आउन थालेका छन्।

जेनजी आन्दोलन तीव्र बनेपछि भदौ २३ गतेदेखि उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा लागू गरिएको थियो। अहिले ती प्रतिबन्धहरू हटेसँगै प्रभावित क्षेत्रमा सहजता देखिन थालेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ०९:४४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।