काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको भवन प्रयोग गरेर सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
स्रोतकाअनुसार नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा रहेका केही सुरक्षित कोठाहरू अदालतलाई अस्थायी रूपमा उपलब्ध गराउने प्रस्तावमा आज निर्णय हुन लागेको हो । यस विषयमा निर्णय गर्न प्राधिकरणको बोर्ड बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको पनि सहभागिता रहने जनाइएको छ ।
जेनजी युवा आन्दोलनको क्रममा काठमाडौं जिल्ला अदालत, विशेष अदालत र सर्वोच्च अदालत समेत आगजनीबाट क्षतिग्रस्त भएका थिए ।




















प्रतिक्रिया