नेपालीहरुको ठूलो चाड वडा दशै सकिएसँगै दोस्रो ठूलो चाड तिहार र छठ सुरु भएको छ । तिहारमा भाइ मसलादेखि फूलमाल र सत्ताकपडा खरिद गर्नेको भीड लाग्न थालेको छ । त्योसँगै अनलाइन माध्यमबाट व्यापारीहरुले विक्रीवितरण गर्न थालेका छन् । तर, बजार मूल्य भने आकासिएको छ ।
बजार भाउ आकासिएसँगै व्यापारीहरुले तौल कम र मिसावट गरी सामान विक्रीवितरण गरिराखेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा थपनाको रुपमा नियुक्ति भएका छन् ।
जेनजी पुस्ताको आन्दोलनमा कुनै योगदान भएका सिन्हा जस्ता मन्त्री बनेपछि ७५ जना जेनजी सहिदहरुको सपना चकनाचुर हुन पुगेको छ । चाड पर्वको मुखमा कालाबजारी र महंगी बढिरहेको छ । उद्योगी र व्यापारीहरुले विचौलियाको मिलेमतोमा मूल्य बढाइरहेका छन् । त्यसको अनगुमन गर्नुपर्ने वाणिज्य तथा आपूर्ति विभाग गुमनाम भएको छ । मन्त्री सिन्हाले यस्तो विषयमा ध्यान दिन सकेका छैनन् । उल्टै व्यापारीहरुसँग कसरी कमिसन लिन सकिन्छ भनेर मौका हेरी राजस्व छली गर्ने व्यापारीलाई पृष्ठपोषण गरिरहेका छन् । यता सर्वसाधारण जनताहरु महंगीको मारमा पिल्सिइरहेका छन् ।
उद्योगी र व्यापारीहरु भन्सार र राजस्व छली गरेर मुटाइरहेका छन् । विचौलियाले खेलेर बजार महंगीले छोइसक्नु छैन । बजार महंगिएपछि सर्वसाधारणलाई चाड पर्व मनाउनसमेत मुस्किल परिरहेको छ । उता, जेनजी पुस्ताको आन्दोलनका क्रममा भन्सार र रास्व कार्यालयहरु जलेर नष्ट भएका छन् । कर्मचारीले काम गर्ने वातावरण बनिसकेको छैन । कार्यालय व्यवस्थापन हुन नसक्दा कर्मचारीहरुले राजस्व उठाउन सकेका छैनन् । त्यसैको मौका छोपी उद्योगी, व्यापारीहरुले खर्बौैंको राजश्व छली गरिरहेका छन् । भन्सार र राजश्वका कर्मचारीहरुले सामान्य चेकजाँच गर्न पनि सकेका छैनन् । बरु उल्टै सुरक्षा निकाय र कर्मचारीहरु व्यापारीहरुसँग मिलेर कमिसन खाएर बिनाचेकजाँच सामान ओसारपसार सहयोग गरिराखेका छन् ।
तिहार नजिकिएसँगै भारतबाट मसला, प्लाटिकका फुल, झिमिली बत्ती बल्ने तार, चिमसँग पटका, भूईँचम्पा, झिरझिरे जस्ता विष्फोटक सामानहरु भन्सार र राजश्व छली भारतबाट नेपाल भित्रिइरहेका छन् । उद्योगी, व्यापारीहरु राजश्व छली गरेर सामान भित्र्याइरहँदा मन्त्री, सुरक्षा निकाय र कर्मचारीहरु अनदेखा भएर तिनै व्यापारीसँग कमिसन खाइरहेका छन् । पहिला भन्सार र राजश्वका कर्मचारी र सुरक्षा निकायले कड्याइँका साथ निगरानी गर्दा पनि व्यापारीहरुले राजश्व छली गर्दै आएका थिए ।
यसपटक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भन्सार नाकाहरुमा सुरक्षाकर्मी र कर्मचारी बस्न नसक्दा व्यापारीहरुले मनोमानी ढंगले राजस्व छली गरी ठूलो मात्रामा सामान भित्र्याउँदै आएका छन् । व्यापारीहरुले चाडपर्वको लागि मात्रै नभएर अन्य सामानहरु पनि भन्सार छली गरेर नेपाल भित्र्याइरहँदा पनि शुशिला कार्की नेतृत्वको सरकार मुकदर्शक भएर बसिरहेको छ । उद्योगमन्त्री, भन्सार र राजश्वका कर्मचारी र सुरक्षा निकाय निकम्मा बन्दा यसपटकको दशैं तिहारमा भन्सार छली गर्ने व्यापारीहरु मालामाल भएका छन् ।




















प्रतिक्रिया