काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ रोकिने निर्णय गरिएको हो ।
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रपति कार्यालयमा पुगेर सुनारको शपथ नगराउने जानकारी दिएका छन् । सुर्खेत जिल्ला अदालतले स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको भेटिएपछि सरकारमाथि आलोचना बढेको थियो ।





















प्रतिक्रिया