Logo

गण्डकी प्रदेश

मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित



गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले अहिले मुस्ताङको यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

यसैगरी, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँमा गएरातिदेखि नै बाक्लो हिमपात भइहेको छ। यो पालिका हिमालपारिको गाउँपालिका हो ।

मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्रमा अझै दुई दिन यात्रा नगर्न र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ०९:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।