काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यालयहरूमा तोडफोड र आगजनी गरे ।
एमाले कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । हाल अस्थायी टेन्टमा कार्यालय सञ्चालन भइरहेको छ । ६ कोठाको पुनर्निर्माण सुरु गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
माओवादी केन्द्रले सरसफाइपछि कार्यालय पुनः सञ्चालनमा ल्याएको छ । आगजनीबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको र भवनलाई रेट्रोफिट डिजाइन मार्फत पुनर्निर्माणको तयारी भइरहेको मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पनि १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पार्टीले चन्दा संकलन र पुराना सामग्री जोडेर कार्यालय सञ्चालन गरिरहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।
राजनीतिक दलहरूले आफ्नै स्रोत र दाताको सहयोगमा पुनर्निर्माण थालेका छन् ।





















प्रतिक्रिया