काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर उनले निर्वाचन आयोगमा दल दर्ताका लागि नेताहरूलाई पठाएका हुन् ।
नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोग पुगेर यो नामको पार्टीको दल दर्ताको निवेदन दिएका थिए ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ ।
निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।





















प्रतिक्रिया