Logo

प्रमुख समाचार

निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेस इतर समूहको निष्कर्ष 



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले ढिलोमा पुस मसान्तभित्र १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक नेताकाअनुसार इतर समूहले पुस १६ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन महासचिवद्वयलाई जिम्मेवारी दिएको छ।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ११:५३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।