काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच छलफल जारी छ ।
महामन्त्रीद्वयले २१ फागुनअघि नै १५औं महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् भने खड्का भने निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा छन्। यही मतभेदका कारण केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश हुन सकेको छैन ।
शुक्रबार बिहान बसेको इतर समूहको बैठकले पुस १६ मा महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पार्न र आजकै बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको थियो ।





















प्रतिक्रिया