काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै जनता कसको साथमा छन् भन्ने कुरा देखाउनको लागि एमालेले महाधिवेशनअघि सभा गर्न लागेको बताए ।
महासचिव पोखरेलले भने, ‘मंसिर २७ देखि २९ गतेसम्म हामीले ११ औँ महाधिवेशन गर्दैर्छौँ। अहिले जनता दलबाट अलग भइसके भन्ने भाष्य निर्णय गर्न खोजिँदै छ। त्यसलाई गलत सावित गर्ने गरी २२ गते देशैभरी सबै वडामा एकसाथ वडास्तरिय जनभेला गर्छौँ। २५ गते पालिकामा गर्छौँ। २९ गते जिल्लामा, मंसिर ६ गते उपत्यका स्तरीय सभा गर्दैर्छौँ। मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्दैर्छौँ। हामी देखाउन चाहन्छौँ। जनताका कसमा छन् भन्ने कुरा।’





















प्रतिक्रिया