Logo

प्रमुख समाचार

आज झलनाथले प्रचण्डलाई भेट्दै



नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । भेटघाट गर्ने स्थल भने टुङ्गो लागेको छैन ।

खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेका हुन् ।

खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई देखाएको माया र सद्‌भावप्रति धन्यवाद दिएका थिए ।

‘मैले नेताहरूलाई भेटेर राजनीतिक कुरा गर्नेभन्दा पनि मप्रति देखाउनुभएको माया र सद्भावका लागि धन्यवाद दिन भेटेको हुँ’, खनालले खबरहबलाई भने, ‘नेताहरूसँग मेरो भेट्ने क्रम जारी छ । हिजो केपी कमरेडलाई भेटे आज प्रचण्ड कमरेडलाई भेट्दै छु। भोलि अन्य नेताहरूलाई पनि भेट्नेछु।’

खनालले ओलीको सँगको भेटमा पनि सन्चो बिसन्चो र पारिवारिक सम्बन्धको विषयमा कुराकानी बढी भएको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०८:४१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।