काठमाडौं । दश वामपन्थी दलहरू मिलेर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले औपचारिक रूपमा आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य एकता सभामा नवगठित पार्टीका नेता देव गुरुङले पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नयाँ नेकपा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न साना वाम घटकहरूको एकताबाट बनेको हो । सभामा शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरू सहभागी छन् ।





















प्रतिक्रिया